नारायणी अस्पतालमा विरामीहरु मर्कामा

समाचार

4/25/2019

वीरगन्ज, १२ वैशाख । नारायणी अस्पतालमा थाइराइड चेकजाँच गर्ने किलिया मेशिन बिग्रेको कारण विरामीहरु मर्कामा परेका छन् । नारायणी अस्पतालमा आएका विरामीहरुलाई थाइराइड, हार्मोन, ट्युमर मार्कर चेकजाँच गर्न चिकित्सकहरुले भनेपछि यि सबै चेकजाँच गर्ने मेशिन ‘किलिया मेशिन’ विग्रेर प्रयोगशालामा थन्केको कारण सेवाग्राहीहरुलाई चेकजाँचमा समस्या भइरहेको छ ।

चेकजाँच हुन नसकेको कारण विरामीहरु चर्को शुल्क तिरेर बाहिरबाट चेकजाँच गराउन बाध्य रहेको विरामीहरुको भनाई छ । अस्पतालमा आउने विरामीहरुको चेकजाँचको सुविधालाई मध्यनजर गरि २०७३ चैत २६ गते कर सहित ४ लाख ५२ हजारमा हेटौडा स्थित अनुज सर्जिकल सप्लायर्सबाट खरिन नियमावली ऐन प्रक्रिया पुरा गरि मेशिन खरिद गरि अस्पतालमा ल्याई संचालन गरि रहेको अवस्थामा २०७५ पुसको अन्तिम सातामा आएर मेशिन विग्रेपछि विरामीहरुको चेकजाँचमा कठिनाई भएको थियो ।

मेशिन विग्रेपछि अस्पतालमा आउने विरामीहरुलाई थाइराड, हार्मोन, ट्युमर मार्कर लगायतका चेकजाँचहरु हुन नसकेपछि बाध्य भएर विरामीहरु बाहिर निजी प्रयोगशाला (ल्याब) बाट चर्को शुल्क तिरी चेकजाँच गराउनुपर्ने बाध्यता थियो ।

त्यस पश्चात अस्पतालका मेडिकल सुपरिटेण्ड डा. ऐनामुल हकको पहलमा २०७५ फागुनको पहिलो सातामा मेशिन खरिद गरिएको सप्लायर्सलाई मेशिन बनाउन दिएकोमा केही दिन लाग्ने भनेपछि अस्पतालले त्यही सप्लायर्ससँग मेशिन नबनेसम्म अर्को मेशिन माग गरि अस्पतालमा ल्याएर सेवा दिइरहेकोमा केही विवादको कारण संचालित मेशिनलाई सप्लायर्सले फिर्ता लिई विग्रेको मेशिनलाई अस्पतालमा पठाएपछि सेवा प्रभावित भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ