असमानता अन्त्य गर्न प्रदेश सरकार लागिपरेको छ : मुख्यमन्त्री राउत

समाचार

2/2/2020

जनकपुरधाम, २० माघ । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले समाजमा व्याप्त असमानता अन्त्य नभएसम्म समृद्धि ल्याउन नसकिने बताएका छन् ।

जातीय, वर्गीय, क्षेत्रीय लैङ्गिग असमानताले जकडिएको समाजमा समृद्धि सम्भव नरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले ती असमानतालाई अन्त्य गर्न प्रदेश सरकार लागिपरेको बताए ।

महोत्तरीको सोनमा गाउँपालिकास्थित सरस्वति जनता माविमा आयोजित साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले समाजमा व्याप्त असमानतालाई अन्त्य गर्न प्रदेश सरकारले बेटी पढाउ बेटी बचाऊ अभियान, दलित सशक्तिकरण ऐन, सरकारी सेवामा जनसंख्याको अनुपातमा आरक्षणको व्यवस्था जस्ता कार्यक्रमहरु ल्याएको उल्लेख गरे ।

उनले समाजमा पछि पारिएका दलित, मुस्लिम, महिलासहितका समुदायलाई समाजको मूलधारमा ल्याउनु प्रदेश सरकारको प्रमुख ध्येय रहेको उल्लेख गरे ।

उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा. सुरेन्द्र यादव, प्रदेशसभा सदस्य कौशल यादव, सोनमा गाउँपालिकाका अध्यक्षसहितले सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सोनमा गाउँपालिका अध्यक्षले छोरी शिक्षा बीमाको रकमलाई अगामी आर्थिक वर्षदेखि आफ्नो पालिकामा ६ लाख पु¥याउने घोषणा समेत गरे । उक्त विद्यालयका ९० जना छात्रालाई साइकल वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ