वीरगंज ७ बैशाख । गत चैत १७ गते आएको विनाशकारी हावाहुरीबाट प्रभावित फेटा गाउँपालिका वडा नम्बर ३ र ६ को पुरैनिया, फुलवरीया लगायतका स्थानमा प्रभावित परिवारलाई अहमदिया संघ नेपालले राहत वितरण गरेको छ ।
संघले पुरैनिया, भरवलीया टोलमै पुगेर प्रभावित ३ सय परिवारलाई कुर्ता, सलवार, शौल लगायतका कपडाहरु वितरण गरेको छ ।
हावाहुरीबाट प्रभावित मोबारक अंसारी, मोजामिल मियां, इजहार मिया, रियाजुल अंसारी, नुरुल होदा अंसारी, इन्ताज अंसारी, खैराती मिया, जैनोदिन मिया ठकुराई, मिरुल होदा अंसारी, फजिल मियां, फैमाज हवारी, सकुर हवारी, रिजवान अंसारी, किरानी मिया लगायतका परिवारलाई वडा कार्यालयबाट बनाएको कार्डको आधारमा कपडा वितरण गरिएको हो ।
फेटा गाउँपालिकाको वडा नं ६ का अध्यक्ष जाकिर हुसेन मियाँको विशेष उपस्थितिमा गरिएको कपडा वितरण कार्यक्रममा अहमदिया संघका राष्ट्रिय अध्यक्ष कमरुल होदा, अहम्दिया युवा संघका अध्यक्ष समिन अहमद, अहम्दिया संघ वीरगंजका सदस्य हैदर अलि, युवा संघका इजरायल अहमद लगायत अहमदिया संघका सदस्यहरूको सहभागी रहेको थियो ।
“प्रेम सबैलाई गर घृणा कसैलाई नगर” भन्ने मूल नाराका साथ अहम्दिया संघ नेपालले दैविक प्रकोपमा बिगत समय देखि नै सक्दो सहयोग गर्दै आएको छ ।
विगतका दिनमा नेपालमा आएको विनासकारी भूकम्पबाट प्रभावितहरुलाई पनि घटनास्थलमै पुगेर राहत वितरण गरेको संस्थाका सचिव मोहन अहमदले बताए ।
तपाईको प्रतिक्रिया