अहमदिया संघ नेपालले प्रसौनी भाठ्ठामा दुई दिने जलसा सालाना गर्ने, सम्पूर्ण तयारी पुरा

समाचार

2/1/2019

वीरगंज स्थित हरि ओम पार्टी प्लेसमा पत्रकार सम्मेलन गरी प्रमुख अतिथि अहमदीया संघ भारतका अताइलाही अहसन गौरी साहेबले प्रसौनी भाठा स्थित श्री मसरुर पब्लिक आधारभूत विद्यालयमा माघ १८ र १९ गते दुई दिने जालसा सलानाको आयोजना गर्न लागिएको बताए । पत्रकार सम्मेलनमा साहेवले जालसा सलानाको सम्र्पूण तयारी पुरा भएको बताए । उनले अहमदिया मुस्लिम अमाअत एउटा विशुद्ध धार्मिक तथा अध्यात्मिक जआमत रहेको वताए । शुक्रवार अपरान्ह २ बजेबाट सुरु हुने बताउँदै उनले यो संस्था विशवका २०० भन्दा बढी देशहरुमा रहेको बताए ।

जालसा सालानामा झापा, सुनसरी,मोरङ्ग,सप्तरी,सिरहा, वारा, पर्सा काठमाण्डौं, तनहु, चितवन,धनगढी लगायत भारतका विभिन्न स्थानहरुवाट सहभागीता हुने अहदिय संघ नेपालका अध्यक्ष कमरुल होदाले वताए । पत्रकार सम्मेलनमा भारतका अताऊर रहमान साहेव,युवा अध्यक्ष समिन अहमद साहेव लगायतको उस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ