धनगढी, १४ पुस । देशभर नै चिसो बढेको छ भने तराई\मधेशमा शीतलहरले जनजीवन प्रभावित भएको छ । । शीतलहरका कारण केही दिनदेखि घामसमेत लाग्न सकेको छैन ।
कैलालीमा छ वर्षपछिकै बढी चिसो भएको हावापानी फिल्ड कार्यालय अत्तरियाले जानकारी दिएको छ । यहाँको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियम मापन गरिएको छ ।
यो छ वर्षपछिकै न्यूनतापक्रम रहेको हावापानी फिल्ड कार्यालयका प्रमुख सिङ्गल चौधरीले बताए । यसअघि, सन् २०१३ को जनवरीमा कैलालीमा ०.५ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको थियो ।
तपाईको प्रतिक्रिया