अहिंसावादी पदयात्रीहरुसँग छलफल

समाचार

2/23/2020

काठमाडौं, १२ फागुन । जय जगत भन्ने मूल नारासहित भारतदेखि जेनेभासम्म शुरु भएको पदयात्राका क्रममा नेपाल आइपुगेका पाँच जना पदयात्री र शान्ति समाजका सदस्यहरुबिच छलफल भएको छ ।

शान्ति समाज केन्द्रीय कार्यालयमा आइतबार सम्पन्न छलफलमा पदयात्रीहरुले पदयात्राको उद्देश्य र शान्ति समाजका सदस्यहरुले जगतमुखी जीवनमुखी सेवामुखी उद्देश्य अनुरुप सञ्चालित अभियानका अनुभव आदान प्रदान गरेका थिए ।

स्मरणीय छ, अहिंसालाई मूल मन्त्र मानि महात्मा गान्धीको विचार प्रवद्र्धन गर्ने उद्देश्यसहित शुरु भएको जय जगत अभियानले अहिंसा, जलवायु परिवर्तन र विश्वव्यापी उष्णताबारे सचेतना र सामाजिक न्यायका लागि एक वर्षे पदयात्रा प्रारम्भ गरेको जनाएको छ ।

५० जना पदयात्रीमध्ये नेपाल आएका ५ जना पदयात्रीमा सन्तोष सिंह, कैलाश भाई, कम्तुरी पट्टेल, सवनम शाह र सिताराम रहेका छन् ।

कार्यक्रममा शान्ति समाजका तर्फबाट जय जगत अभियानलाई रु. १६ हजार सहयोग पनि हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ