रौतहट, २ फागुन । गौर नगरपालिकाको आर्थिक सहयोग तथा मिरमिरे विहानी नेपाल गौर ९ को आयोजनामा गौर नगरपालिका वडा नम्बर ४ स्थित रहेको माध्यमिक विद्यालयमा निःशुल्क एकदिवसीय आँखा शिविर सम्पन्न भएको छ ।
आँखामा हुने विभिन्न किसिमका समस्याको निर्मूल पर्ने उदेश्यले शिविर सञ्चालन गरिएको थियो ।
जिन्दगीको सवै भन्दा अनमोल अंग आँखालाइ सुरक्षित कसरी राख्ने , रोगबाट कसरी वचाउने लक्ष्य संस्थाको रहेको छ । वडा अध्यक्ष भुनेश्वर शाहीले उद्घाटन गरेको शिविरमा ३ सय जनाले आ–आफ्नो आँखा परीक्षण गराएका थिए ।
तपाईको प्रतिक्रिया