आगलागीबाट एक करोडभन्दा बढीको धनमाल नष्ट

समाचार

12/10/2019

काठमाडौं, २४ मंसिर । महोत्तरी, सर्लाही र बर्दियामा आगलागी हुँदा रु. एक करोड सात लाख बढीको धनमाल जलेर नष्ट भएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिका–११ बस्ने शाँ मिश्राको हेचरी एण्ड ब्रडिन फर्ममा करेन्ट सर्ट भई मंगलबार बिहान आगलागी हुँदा जस्ता पाताले छाएको ३ वटा घर, हेचरी, मेसिन लगायतका सामान जलेर करिब ९३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी, सिरहाको कर्जन्हा नगरपालिका–७ मरेवा टोल बस्ने रामअवतार यादव, बिहारी यादव, नन्दु यादव र झबरू यादव समेत चार दाजुभाइको घरमा मंगलबार दिउँसो आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

त्यस्तै, बर्दियाको गेरुवा गाउँपालिका–३ खुटेना बस्ने शालिक राम थारुको कुखुराको खोरमा मंगलबार राति आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ