आगलागीबाट गहुँ र उखु जलेर नष्ट

समाचार

4/24/2019

पर्सा, १० बैशाख । जगरनाथपुर गाउँपालिका–४ बस्ने ईस्राईल मिँयाले आफ्नो खेतमा सोमबार दिउसो भुस जलाउने क्रममा आगलागी हुँदा गहुँ र उखु नष्ट भएको छ ।

उक्त आगो फैलिएर सोही नगरपालिका(३ बस्ने राजेन्द्र यादव समेत ३ जनाको गहुँ बाली र उखु जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ