आगलागीबाट लाखौंको क्षति

समाचार

12/4/2018

मोरङ, १७ मंसिर । मोरङ र रौतहट जिल्लामा भएको आगलागीबाट लाखौंको क्षति भएको छ ।

मोरङ सुनवर्सी नगरपालिका–६ झपडतल बस्ने भरत ताजपुरियाको फुसको गाई गोठमा सिटी सफारी चार्ज गर्ने क्रममा बिजुलीको तार सर्ट भई सोमबार बिहान आगलागी हुँदा सिटी सफारी र गोठ पूर्ण रुपमा जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

यसैगरी रौतहट गरुडा नगरपालिका(७ बस्ने भागरिन पटेलको टायलले छाएको कच्चि घरमा करेन्ट सर्ट भई सोमबार बिहान आगलागी हुँदा घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भाडाबर्तन र नगद १ लाख समेत जलेर करिब ३ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ