कैलाली, २३ जेठ । घोडाघोडी नगरपालिका १२ बस्ने वीरबहादुर बमको कच्ची घरमा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी भएको छ ।
सो आगलागीबाट घरभित्र रहेका भाडाकुडा, लत्ताकपडा र खाद्यान्न जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया