सप्तरी, ३ बैशाख । फर्निचर उद्योगमा आगलागी हुँदा १० लाखको क्षति भएको छ ।
गोलबजार नगरपालिका–१२ बेतौनास्थित फुलकुमार मण्डलले संचालन गरेको शिवानी फर्निचर उद्योगमा मंगलबार बिहान आगलागी भएको थियो ।
बिद्युतको तार सर्ट भई आगलागी हुँदा फर्निचरका सामानहरु जलेर करिव १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया