आगलागीमा परी एक जनाको मृत्यु

समाचार

12/28/2019

मोरङ, १२ पुस । जिल्लाको ग्रामथान गाउँपालिका–४ बस्ने पारस सरदारको गोठमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ भएको सो आगलागीमा परी सरदारको खेतबारी हेरचाह गरी उक्त गोठमा बस्ने उदयपुर घर भएका ७५ वर्षीय राम बहादुर सार्कीको मृत्यु भएको छ । आगलागीबाट गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ ।

यसैगरी उर्लाबारी नगरपालिका–१ मेचीडागी बस्ने पदम कार्कीको गोठमा शुक्रबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ