कैलाली, ७ माघ । टिकापुर नगरपालिका–७ सत्तीस्थित सत्ती कर्णाली सामुदायिक बन नजिकै रहेको खरबारीमा आगलागी हुँदा जलेर एक वृद्धको मृत्यु भएको छ ।
आगोले जलेर सोही ठाउँ बस्ने ७० वर्षीय लाल बहादुर भण्डारीको मंगलबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
भैंसी चराउन गएको अवस्थामा आफैले आगो बाली ताप्ने क्रममा अचानक आगलागी भई जल्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
तपाईको प्रतिक्रिया