धनुषा, ४ चैत । जनकपुर उपमहानगरपालिका–१५ रामपुर बस्ने ७० वर्षीया बिन्दादेवी पञ्जियारको आगलागीमा परी सोमबार बिहान मृत्यु भएको छ ।
आफ्नै घरको कोठाभित्र लामखुट्टे धपाउने धुप बाल्ने क्रममा आगो सल्कन जाँदा शरिरको बिभिन्न भाग जलेर गम्भीर घाइते भएकी उनको जनकपुर अञ्चल अस्पताल उपचार पश्चात थप उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया