मोरङ, १० पुस । उर्लाबारी नगरपालिका–७ मा मंगलबार साँझ घरमा आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ ।
रामबहादुर थापाको घरमा आगलागी हुँदा जलेर ४५ वर्षीया बुहारी रिनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीको समयमा घरमा ८४ वर्षीय ससुरा रामबहादुर र बुहारी रिना रहेका थिए । रामबहादुरलाई स्थानीयवासी र प्रहरीले उद्धार गरे पनि बुहारी कोठामा चुकुल लगाएर सुतेकाले उद्धार गर्न नसक्दा आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट फुस र टाटीको बेराले बनेको घर जलेर नष्ट हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ ।
तपाईको प्रतिक्रिया