आठौं खेलकुदका लागि महबुवको कप्तानीमा सप्तरी टिम चयन

समाचार

12/8/2018

राजविराज, २१ मंसिर । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कीर्तिमानी खेलाडी महबुव आलमको कप्तानीमा सप्तरी टिम चयन गरिएको छ ।

शुक्रबार जिल्ला खेलकुद विकास समिति सप्तरीको आयोजनामा राजविराजमा ३ दिनदेखि चलेको छनोट प्रतियोगिताबवाट अन्तराष्टिय खेलाडी महबुवको कप्तानीमा १४ सदस्यीय सप्तरी सिनियर टिमको चयन गरिएको हो ।

आठौं राष्टिय खेलकुदका लागि पुषमा हुने क्षेत्रीयस्तरीय क्रिकेट छनोट प्रतियोगिताका लागि सिनियर सप्तरी क्रिकेट टिम छनोट गरिएको खेलकुद विकास समितिका सदस्य तथा छनोट समितिका संयोजक रवि कुमार रायले बताए ।

छनोटमा परेका खेलाडीहरूमा महबुव आलम कप्तान, गुणान्नद राय, बिवेक यादव, रोहित सिंह, अनिल यादव, अमित कुमार यादव, रोहन विक, राहुल मण्डल, विकास दास, निरज यादव, प्रज्जवल यादव, योगराज शर्मा, आषिश झा, अमित कुमार दास चयन भएको छनोट समितिका सदस्य चन्दनकुमार यादवले जानकारी गराएका छन् ।

यसैगरी छनोट समितिले बैकल्पिक खेलाडीहरूमा पप्पु कुमार यादव, गुमान्नद मण्डल, प्रशान्त सिंह र अभिनाश यादवलाई छनोट गरिएको छ ।

सप्तरी क्रिकेट संघको संयोजनमा तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्लाको ५५ जना सम्मिलित क्रिकेट खेलाडीहरूमध्येबाट १४ जना खेलाडी अभ्यास खेल खेलाई खेलाडी छनोट गरिएको थियो ।

जिल्ला खेलकुद विकास समिति सप्तरीले रवि रायको संयोजकत्वमा चन्दनकुमार यादव, शंभु दास र निरज कुमार सिंह सदस्य रहने गरि छनोट समिति चयन गरिएको थियो ।

जिल्ला खेलकुद विकास समितिले प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत सप्तरी क्रिकेट टिम छनोटका लागि अभ्यास खेल खेलाइएको थियो ।

जिल्लाको १८ स्थानिय तहमा क्रिकेटको विकासलाई अगाडि बढाउनुको साथै ग्रामिण स्तरको क्रिकेट र खेलाडीहरूको उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता गराउने लक्ष्य रहेको जिल्ला खेलकुद विकास समितिका सदस्य तथा क्रिकेट छनोट समितिका संयोजक रवि कुमार रायले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ