कृषिलाई दिगो र आत्मनिर्भर बनाउन ब्याजमा अनुदान

समाचार

2/25/2020

बाँके, १४ फागुन । प्रदेश ५ सरकारले किसानलाई उत्पादनमुलक काममा जोड्नका लागि ब्याजमा अनुदान दिने कार्यक्रम संचालनमा ल्याएको छ ।

कृषि ज्ञान केन्द्र नेपालगन्जमा बाँके बर्दियाका जनप्रतिनिधि तथा अगुवा किसानमाझ प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमको मंगलबार शुभारम्भ गरिन् ।

अनुदानका लागि प्रदेश सरकारले दुई करोड रुपियाँ विनियोजन गरेको छ । सो अवसरमा मन्त्री पौडेलले किसानलाई उत्पादनका आधारमा अनुदान दिनुपर्छ भन्नेमा प्रदेश सरकार पुगेको बताइन् ।

कृषिलाई दिगो र आत्मनिर्भर बनाउन सरकारका तर्फबाट केही गर्नुपर्छ भन्ने लागेर यो कार्यक्रम ल्याएका हौं–उनले भनिन् । कृषिको आधुनिकीकरण र व्यवसायिकीकरण गरी किसानलाई लाभ मिलोस् भन्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ