विचार गोष्ठी तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

समाचार

1/16/2020

वीरगन्ज, २ माघ । पाँचौ राष्ट्रिय योग दिवश तथा माघे संक्रान्तीको अवसरमा बिचार गोष्ठी तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र वीरगंजको आयोजनामा बिर्ता स्थित ओमशान्ती भवनमा ब्रह्मकुमारी रबिना दिदिको अध्यक्षतामा र नेत्र ज्योति महासंघका वरिष्ठ उपाध्यक्ष श्याम पोखरेलको प्रमुख आतिथ्यमा पानसमा दिप प्रज्जोलित गरि कार्यक्रमको उद्घाटन भएको थियो ।

शुभकामना कार्यक्रममा स्त्रीरोग विशेषज्ञ डा. सन्युक्त साह, पिडामिड कलेज वीरगंजका डाइरेक्टर बिजय यादव, वीरगंज महानगर पालिका वडा न.१४ का वडा सदस्य गायत्री पटेल, ब्रह्मकुमार छोटेलाल, ब्रह्मकुमार जितेन्द्र, ब्रह्मकुमारी रमा लगायत सयौ संख्यामा राजयोगिनी साधक एवं साधिकाहरु को उपस्थिति रहेको थियो ।

त्यसैगरी ब्रह्मकुमार गोकुलले कार्यक्रमको बिषय वस्तुबारे प्रकाश पारेका थिए । स्वागत मन्तव्य ब्रह्मकुमारी गोपिनीले र कार्यक्रम सन्चालन ब्रह्कुमार गोबर्धन चौधरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ