काठमाडौं, २० चैत । नेपालमा हालै आएको हावाहुरीबाट भएको जनधनको क्षतिप्रति भारतले दुःख व्यक्त गरेको छ ।
आइतबार बारा र पर्सा जिल्लामा हुरीले २८ जनाको ज्यान लिएको घटनाप्रति भारतले दुःख व्यक्त गरेको हो ।
हुरीका कारण ४ जना भारतीयको समेत मृत्यु भएको छ । भारतीय विदेश मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना र घाइते र सम्पत्ति गुमाएका प्रति सहानुभुति व्यक्त गरेको छ ।
साथै उसले काठमाडौंस्थित भारतीय दूतावास र वीरगञ्जस्थित महावाणिज्यदूतावासले घटनाबारे नेपाली अधिकारीसँग सम्पर्क गरिरहेका र आवश्यक परेमा भारत राहत सहयोग गर्न तयार रहेको पनि विज्ञप्तीमा उल्लेख गरेको छ ।
तपाईको प्रतिक्रिया