काठमाडौं, १७ पुस । काठमाडौंको कठ्याङ्ग्रिदो चिसोमा आफ्नो भुक्तानीको माग गर्दै विगत एक सातादेखि आन्दोलनरत् उखु किसानहरूलाई न्यानो ज्याकेट वितरण गरिएको छ ।
क्लोथ बैंक धनुषाको पहलमा राजपा नेपालका केन्द्रीय सदस्य अनिल महासेठले २५ थान न्यानो ज्याकेट उखु किसानलाई प्रदान गरेका छन् ।
महासेठले आफ्नो आमाको चौंथो पुन्य तिथिको अवसरमा गत पुस १ गते जनकपुरधामको जानकी बृद्धा आश्रममा वृद्धवृद्धाहरूलाई १५ थान ज्याकेट वितरण गरेका थिए ।
ज्याकेट वितरण गर्दै महासेठ किसानहरूको माग चाडोभन्दा चाडो सम्बोधन गर्नका लागि सरोकारवालाहरूलाई आग्रहसमेत गरेका छन् ।
तपाईको प्रतिक्रिया