काठमाडौं, १ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ताहरु जागरुक हुनुपर्ने बताएका छन् ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सन्देशमा सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाहरुले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुनेगरी काम गर्न स्मरण गराएका छन् ।
“उद्यमी व्यवसायीहरुले उपभोक्ता अधिकारको संरक्षण सम्मान र पालना हुने गरी आफ्ना क्रियाकलापहरु सञ्चालन गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीले सन्देसमा भनेका छन्, “यस क्षेत्रमा सक्रिय नियामक निकायहरुले आफ्नो कार्य क्षमतामा विकास र विस्तार गरी उपभोक्ता संरक्षणका लागि अझ क्रियाशिल हुनु पर्ने खाँचो छ ।”
तपाईको प्रतिक्रिया