आर्थिक मामिला मन्त्री यादवलाइ रौतहटमा भव्य स्वागत

समाचार

1/30/2019

राकेश यादव, रौतहट, १६ माघ । प्रदेश २ का आन्तरिक आर्थिक मामिला मन्त्री विजय कुमार यादवलाइ रौतहटमा भव्य स्वागत गरिएको छ ।

सचिव विधानाथ झा लाइ झापड हानेको विषयलाई लिएर चर्चामा आएका मन्त्री यादवलाइ रौतहटको राजपुर नगरपालिकाको वडा नम्बर ७ अकोलवामा मंगलबार स्थानीयहरुले भव्य स्वागत गरेका हुन् ।

सोही वडामा निर्माण हुने दुर्गा मन्दिरको शिलान्यास गर्न आएका भएका मन्त्री यादवलाइ स्थानीयहरुले हर्सोल्लासका साथ स्वागत गरेका हुन् ।

प्रदेश सरकारको २५ लाखको लागतमा निर्माण हुने मन्दिरको मन्त्री यादवले विधिवत् रुपमा शिलान्यास समेत गरेका छन । मन्त्रीको स्वागत गर्नका लागि विद्यालयका बाल बालिकाहरु राष्ट्रिय झण्डा तथा मन्दिर निर्माण समितिका पदाधिकारी, पार्टी कार्यकर्त्ताहरुले फूलको माला लिएर बाटोमा कतारवद्ध भएर उभिएका थिए ।

पटक पटक दुइ समुदाय विच विबाद हुने ठाउँ समेत रहेकोले सुरक्षाको व्यवस्था कडा गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी सुरक्षाको लागि परिचालन गरिएको थियो । कार्यक्रमस्थल देखि करीव २ सय मिटर दुरी सम्म पार्टीका समर्थक हरु फूलको माला लिएर आफ्नो पार्टीका मन्त्रीलाइ स्वागत गर्न उभिएका थिए ।

मन्दिर शिलान्यास पछि कार्यक्रमलाइ सम्वोधन गर्दै आर्थिक मामिला मन्त्री यादवले मधेशी जनताको बलिदानीलाइ प्रदेश सरकारले कदर गर्दै विकासको कार्यलाइ अघि लैजाने बताएका छन् । मधेश आन्दोलनको उपज मधेशी जनताको आफ्नो सरकार भएको जिकिर गर्दै मन्त्री यादवले प्रदेश सरकार मधेशी जनताको हक हितमा काम गर्ने दावी गरे । २ नम्बर प्रदेशलाइ विकास मुखी प्रदेश बनाउने सरकारको लक्ष्य रहेको बताए ।

संघीय समाजवादी फोरम नेपालका प्रदेश सदस्य किरण साहको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव, प्रदेश सांसद रामकिशोर यादव, अब्बुल कलम आजाद उर्फ फूलबाबू, केन्द्रीय सदस्य रेवन्त झा, पूर्व केन्द्रीय सदस्य रामेश्वर प्रसाद यादव, राजपुर नगरपालिकाका प्रमुख मोहम्मद सकिल अख्तर, जिल्ला उपाध्यक्ष श्याम विहारी यादव , विद्यार्थी नेता प्रकाश भाई मधेशिया, ललन यादव, गौर पालिकाका नगर अध्यक्ष शेख अमरूल लगायतका नेताहरु उपस्थित भएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ