आश्रय र साह निर्माण कम्पनीमाथि कारबाहीका लागि ज्ञापनपत्र

समाचार

12/15/2018

राकेश यादव, २८ मंसिर । आश्रय निर्माण सेवा र साह निर्माण सेवाले गुणस्तरहीन कार्य गरिरहेको भन्दै कार्यवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ ।

दुवै निर्माण कम्पनीले शहरी विकास मन्त्रालयको योजनाअन्तर्गत गौर नगरपालिका, यमुनामाई गाउँपालिका र राजदेवी नगरपालिकामा सडक, पुल, नाला निर्माणमा कमसल निर्माण सामग्री प्रयोग गरिरहेकोले छानविन हुनुपर्ने माग राख्दै हृदयनारायण यादव, अरविन्द यादव, अशोक सिंह राजपूतले विहिवार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको कार्यालयमा ज्ञापन पत्र बुझाएका हुन् ।

समाजसेवी हृदयनारायण यादवको नेतृत्वमा गएका टोलीले प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेललाइ ज्ञापन पत्र बुझाएका छन ।

ज्ञापन पत्रमा लागत इस्टीमेटको विवरण योजना स्थलमा बोर्ड नराखेको जिकिर गरिएको छ । करीव १ सय ३६ करोड़को योजना रहेको हुदा होडिंग बोर्ड राख्नु पर्नेमा निर्माण कम्पनीले सो काम गर्न सकेका छैन ।

आश्रय निर्माण सेवाका संचालक रामश्रय साह र साह निर्माण कम्पनीका संचालक नागेन्द्र साहले कमसल कार्यको विरोध गर्ने स्थानीयबासीलाइ विभिन्न किसिमको धाक धमकी समेत दिने गरेको आरोप ज्ञापन पत्र रहेको छ ।

निर्माण कम्पनीले सड़क छेउमा सकाभेटेर प्रयोग गरेर माटो खनेर बनाएको खाल्डो जस्ताको जस्तै रहेको उल्लेख गरिएको छ ।

वर्षाको समयमा बनाइएको खाल्डोमा पानी जमेको बेला बालबालिका डुवने खतरा रहेकोले सो खनिएको खाडल तुरन्त पूर्णलाइ निर्देशन दिनलाई जोड़दार मांग गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ