इटहरी उपमहानगरको ताकेतापछि बन्ने भयो टयाङ्गग्रा पूल

समाचार

12/22/2019

सुनसरी, ७ पुस । इटहरी उपमहानगरको ताकेता पछि सडक डिभिजन कार्यालय विराटनगरले टयाङ्गग्रा पूल मर्मतका लागि पुस २० सम्ममा ठेक्का लगाएर निर्माणको काम सुरु हुने जनाएको छ ।

उपमहानगरलाई एक पत्र लेखि सो जानकारी गराएको हो । इटहरी वजार हुदै वग्ने टयाङ्गग्राखोलाको पूल जिर्ण वन्दा पनि मर्मत नभएपछि उपमहानगरले चाडै मर्मत गर्न सडक डिभिजन कार्यालयलाई ताकेता गरेको थियो ।

उपमेयर लक्ष्मी गौतमले एक पत्र लेखि चाडै मर्मत गर्न आग्रह गरेका थिए । सडक डिभिजन कार्यालय विराटनगरले सो पूल रहेको ठाँउमा नयाँ पूल वनाउनका लागि सडक विभागमा दुई पटक पत्राचार गरिसकेको समेत जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ