इण्डो–नेपाल फ्रेन्डसिप बैडमिन्टन टूर्नामेन्टको उपाधि हिमालयलाई

समाचार

3/19/2019

कपिलवस्तु, ५ चैत । इण्डो–नेपाल फ्रेन्डसिप बैठमिन्टनको उपाधि हिमालय टिमले हात पारेको छ ।

कृष्णनगर नगरपालिका को वडा नं. २ मा रहेको नेपाल विद्युत प्राधिकरणको ग्राउन्डमा चैत्र १ गतेदेखि इन्डो–नेपाल सामाजिक मंचको आयोजनामा भएको टूर्नामेन्टको फाइनल मैच भएको थियो ।

हिमालय टिमका कैप्टन श्रावण कुमार र सागरमाथा टीमका कैप्टन हरिकृष्ण केसीको बीचमा प्रतिस्पर्धा भएको थियो । टूर्नामेन्टको उपाधि हिमालय टीमलाई प्राप्त भयो ।

उक्त टूर्नामेन्टलाई सफल बनाउनका लागि इन्डो–नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले आफ्नो पुरै समय र प्रयास को साथै नेपाल भारत दुबै देशको मित्रता सदैव कायम गर्न यो टूर्नामेन्ट र धेरै किसिमका कार्यक्रम गराउँदै आएका छन् ।

कार्यक्रममा बोल्दै पठानले कृष्णनगरमा बैडमिन्टन स्टेडियम बनाउनका लागि प्रायास गर्ने बताएका छन् ।

यस प्रकारका कार्यक्रम गर्न र गराउनका लागि क्षेत्रवासीहरुसँग निरन्तर सहयोगको लागि अग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेल, विशिष्ट अतिथि नेपाल प्रहरी कपिलवस्तुका प्रमुख अच्यूतम प्रसाद पुडासैनी, कृष्णनगर भन्सार कार्यालयका प्रमुख बिष्णु प्रसाद पौडेल, आन्तरिक राजस्व कार्यालयका प्रमुख बुटवल पूर्ण न्यौपाने, मेजर श्याम थापा, राष्ट्रिय अनुसन्धान शाखा कपिलवस्तु डिएसपी विनय चतुर्वेदी र अतिथिमा छिमेकी राष्ट्र भारतको बढनी बजार थाना निरीक्षक राज प्रकाश चन्द्र मिर्जा राशिद बेग लगायत शिक्षाप्रेमी बुद्धिजिवी, समाजसेवी, पत्रकार सुरक्षाकर्मीहरुको उपस्थिति थियो ।

प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुद्वारा खेलाडीहरुलाई पुरस्कृत र सम्मानित पनि गरेको इन्डो–नेपाल सामाजिक मञ्चका प्रवक्ता राहूल मोदनवालले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ