इण्डो–नेपाल समाजिक मंचको कार्यक्रम सम्पन्न

समाचार

2/12/2019

अजय मिश्र, कपिलवस्तु, २८ माघ । कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं २ स्थित हनुमान मन्दिरमा सत्संङ कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेपाल भारत दुबै देशका जनता र साधु–सन्यासीहरूको उपस्थित रहेको थियो ।

कार्यक्रमको समापन वसन्त पंचमीको अवसरमा स्थानीय युवा समाजसेवीहरु इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठान, राहुल मोदनवाल, वृजेश गुप्ता, सनी सरदार, मनोज जयसवाल, अशिता कुशहवा, विनय शर्मा, राकेश यादव लगायतले नेपाल भारत दुबै देशका उपस्थित साधु–सन्यासीहरूलाई कम्बल, भाडा कुडा, गमछा लगायत अन्य आवश्यक सामाग्री वितरण गरेका थिए ।

उक्त कार्य सराहनीय रहेको स्थानीयको बुझाई रहेको छ । जसको जानकारी स्थानीय समाज सेवी राहुल मोदनवालले दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ