काठमाडौं, ६ फागुन । भारतीय थिंक ट्यांकका एक अध्येताले नेपाल इन्डो–प्यासिफिक क्षेत्रको एक हिस्सा भएको बताएका छन् ।
उनले नेपाल सार्क र बिम्स्टेकको सदस्य रहेर जसरी अघि बढेको छ त्यही रूपमा नभए पनि अवधारणागत रूपमा ‘इन्डो–प्यासिफिक’ को एउटा महत्वपूर्ण हिस्सा भइसकेको बताएका हुन् ।
काठमाडौंमा भएकोे ‘नेपाल इन्डो–प्यासिफिकको एक अंग हो त ? ’ शीर्षकको अन्तरक्रियामा ब्रुकिङ्स इन्डियाका अध्येता कन्स्टान्टिनो जेभियरले त्यस्तो धारणा व्यक्त गरेका हुन् ।
इन्डो–प्यासिफिकलाई उनले भारतसँग नेपालको ‘विशेष सम्बन्ध’ का कारण थप तानिएको र यसलाई नेपालले एउटा अवसरका रूपमा बुझ्नुपर्ने बताए । यो नेपालकेन्द्रित मात्र नभएर यस क्षेत्रका अन्य देशसँग पनि जोडिएको विषय हो ।
समदूरीका आधारमा सन्तुलित कूटनीति नै नेपालको हितमा हुने सुझाउँदै उनले श्रीलंकाले तुलनात्मक रूपमा सन्तुलित कूटनीति अघि बढाएको बताए ।
वरिष्ठ पत्रकार कनकमणि दीक्षितले नेपाल–भारत सम्बन्धलाई विशेष भन्न नमिल्ने तर्क गर्दै नेपालले भारत र चीनलाई मात्र सन्तुलन गरेर नहुने भन्दै यहाँ भारत, चीन र अमेरिकाको प्रतिस्पर्धा रहेको र तिनलाई व्यवस्थापन गर्न सके अन्य मित्र सहजै व्यवस्थापन गर्न सकिने स्पष्ट पारे।
पूर्वप्रधानसेनापति गौरवशमसेर राणाले इन्डो–प्यासिफिक नेपालका लागि मात्र नभएर यो क्षेत्रका सबै देशहरू यसअन्तर्गत रहने बताउँदै यसलाई नयाँ रणनीति भन्न नमिल्ने प्रष्ट्याए ।
तपाईको प्रतिक्रिया