वाइवाइ ग्लोकल टिन हिरो इन्डिया २०२० को आवेदन आह्वान

समाचार

2/19/2020

काठमाडौं, ७ फागुन । ग्लोकल टिन हिरो इन्डियाको आवेदन आह्वान गरिएको छ । ग्लोकल प्रालि र भारतीय राजदूतावासले काठमाडौंस्थित होटल सोल्टीमा कार्यक्रम आयोजना गरी वाइवाइ ग्लोकल टिन हिरो इन्डियाको दोस्रो संकरण सञ्चालन भएको घोषणा गरेका हुन् । 

किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’, ग्लोकल प्रालिको एक कार्यक्रम हो ।

यस मञ्चमार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कम्पनीले जनाएको छ । यसको भारतीय पार्टनर सीवाईडीए रहेको छ । 

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता एवं सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरणका कार्यहरुलगायता विभिन्न अन्य क्षेत्रमा आफ्नो कौशलता दर्शाएका प्रतिभावान किशोर किशोरीहरुले आवेदन भर्न सक्ने बताइएको छ । 

२०१९ मा ग्लोकल टिन हिरोबाट विभिन्न क्षेत्रका भारतीय किशोरकिशोरीहरु सम्मानित भएका थिए । ग्लोकल टीन हिरो इन्डियाको पहिलो विजेता युवा नवप्रवर्तक, कम्प्युटरमा रुचि राख्ने मोनिश्वरन महेशवरन बनेका थिए ।

त्यस्तै उद्यमी रुपम घोश, जुटपाट लजिष्टिकका लक्ष्य चब्र, के स्टारका संस्थापक एवम् नवप्रवर्तक कुनाल चन्दिरामनी, सामाजिक अभियन्ता कौशल गोहिल तथा युवा वातावरणविद् गर्विता गुल्हाटी पनि सम्मानित भएका थिए । कार्यक्रममा भारतीय राजदूतावासका द्वितीय सचिव केपी शाह पनि उपस्थित थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ