इन्सेकमा इन्दिरा श्रेष्ठ

समाचार

11/20/2018

काठमाडौं, ३ मंसिर । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्यसमितिको अध्यक्षमा डा. इन्दिरा श्रेष्ठ चयन भएकी छन् ।

यसअघि कार्यसमिति सदस्य रहेकी श्रेष्ठलाई हालै बसेको कार्यसमिति बैठकले अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको इन्सेकले जनाएको छ ।

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल प्रदेश १ को नीति तथा योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त भएपछि उनले सो पदबाट दिएको राजीनामा स्वीकृत गर्दै बैठकले अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ