इमर्जेन्सी किलनिक सम्पन्न

समाचार

3/29/2019

राकेश यादव, रौतहट, १५ चैत्र । नेपाल रेडक्रस सोसाइटी रौतहटको आयोजनामा राजपुर नगरपालिका वडा नम्बर १ पिपरा भगवानपुरमा तीन दिवसीय निःशुल्क रेडक्रस आपतकालीन स्वास्थ्य क्लिनिक बिहीबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको रेडक्रस इमर्जेन्सी किलनिक कार्यक्रम अन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

पानीजन्य रोगको महामारी फैलिएको अवस्थामा वा स्वास्थ्य सम्वन्धी आपतकालीन अवस्था आइपरेमा इमर्जेन्सी किलनिक परिचालन गरी स्वास्थ्य सेवा पुर्याउने कार्यक्रम रहेको छ ।

देशको कुनै पनि ठाउमा पानी जन्य रोगको महामारी फैलिएको अवस्थामा किलनिक सञ्चालन गरी आधारभूत स्वास्थ्य सेवा दिने कार्यक्रमको मुख्य उद्देश्य रहेकोले सोही अनुरूप क्लिनिक सञ्चालन गरिएको जिल्ला शाखाका सभापति संजीव कुमार मल्लिकले बताएका छन् ।
२०७४ सालको विनाशकारी बाढी पछि रौतहटमा पहिलो पटक यस्तो क्लिनिक संचालन गरिएको हो । केन्द्रीय कार्यालयको सहयोगमा सञ्चालन गरिएको किलनिकमा रेडक्रसका ११ जना सहभागी भएका थिए ।

दिनको ५० देखि ८० सम्म विरामीहरुलाई परिक्षण गर्नु पर्ने लक्ष्य रहे पनि दिनको १ सय भन्दा बढी विरामीहरु आएको वीर अस्पतालबाट आएकी डाक्टर सविता भट्टले बताएकी छिन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ