मिर्चैयमा फैसन शो ईभेन्ट भव्यताका साथ सम्पन्न

ईभेन्ट भव्यताका साथ सम्पन्न

समाचार

4/25/2019

राम नारायण पंडित, सिरहा, १२ वैशाख । सिरहाको मिर्चैयामा पहिलो पटक फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्ट सम्पन्न भएको छ । एल एण्ड एन मोडल एजेन्सी प्रालि काठमांडौको आयोजनामा युवायुवतिहरुको उत्साहपुर्ण सहभागितामा फेसन शो को फाइनल अडिसन मंगलबार सम्पन्न भएको छ ।

युवायुवतिमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्न ईभेन्टको आयोजना गरी यहाँ रहेका प्रतिभालाई अझै प्रष्टफुटित गरिएको एल एण्ड एन मोडेल एजेन्सीको म्यानेजिङ्ग डाईरेक्टर नितेन्द्र कर्णले जानकारी दिए ।

अडिसनमा छनोट भएकाहरुलाई निःशुल्क मेकअप, फोटोशूट, प्रमोसन भिडियो लगायतका बारेमा तालिम दिईएको डाईरेक्टर कर्णले बताए । मिर्चैयामै पहिलो भएको ईभेन्टको फाइनल अडिसन होटल होलिडे एण्ड पार्टी प्यालेशमा सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुले कला प्रस्तुत गरेका थिए । फेशन शो मा १४ बर्षदेखी ३० बर्षसम्मका युवायुवतिहरुको उल्लेखनिय सहभागी रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ