ईलाका प्रहरी कार्यलयद्वारा जुवाडेसँगै नगद पक्राउ

समाचार

11/1/2018

रुपन्देही, १५ कार्तिक । तिहार नजिकिदै जाँदा इलाका प्रहरी कार्यालय बुटवलले सुक्खानगर, ट्राफिकचोक र कालिकानगरबाट १९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीले बुटवलको ट्राफिक चोक होटल झिमाबाट ८ जना जुवाडे र नगद ३ लाख ९४ हजार रुपैयाँ नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बुटवल ४ का लोकनाथ न्यौपाने, टीका क्षत्री , तिलोत्तमा ७ का राजाराम यादव, पाल्पाका राम प्रसाद श्रेष्ठ रहेका छन् । त्यस्तै कालिकानगर स्थित कुसुम खड्काको घरबाट ५ जना जुवाडे र ८४ हजार नगद नियन्त्रमा लिएको छ ।

बुटवल ११ कालिकानगर बस्ने कुसुम खड्काबाट रु १७ हजार, सोही स्थानका मुक्त गापाबाट ३० हजार, गुल्मी रुरु ४ स्थायी घर भई हाल बुटवल ११ बस्ने रेशम खड्काको साथबाट १७ हजार ५ सय, तिलोत्तमा नगरपालिका ३ बस्ने रामच्रन्द्र गौतमबाट ३९ हजार ५ सय र जुवाको खालबाट एक बुक तास तथा ५ हजार रुपैयाँ गरी ८२ हजार रुपैयाँ बरामद गरीएको इलाका प्रहरी कार्यालय बुटवलका डि.एस.पी. डिल बहादुर मल्लले बताए ।

यस्तै सुक्खानगर स्थित रेनुका थापाको घरबाट १२ गते वडा प्रहरी कार्यालय रामनगरले ६ जना सहित ३५ हजार नियन्त्रमा लिएको छ । पक्राउ पर्नेमा ४ जना पुरुष रहेका छन् भने २ जना महिला रहेका छ्न । रेनुका थापाको घरमा तास खेलेका उनिहरुलाइ पक्राउ गरेको हो । पक्राउ पर्ने मा कृष्ण थापा, बेदथापा, बेदराज खनाल, घनश्याम बस्याल, सिमा शाहि र रेणुका थापा प्रहरीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरूबाट प्रहरीले नगद ४८ हजार एक सय साँठी रुपैया फेला पारेको वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरीक्षण हेम बहादुर के सीले बताए । जुवा खेलिरहेको अवस्थामा नगद सहित पक्राउ परेका सबैलाई जुवा ऐन अन्तर्गत कारवाही प्रक्रिया आगडि बढाउने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ