सर्लाही, १८ असार । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एकको मृत्यु भएको विरोधमा ईश्वरपुरको बयलबाँस सर्लाहीमा प्रदेश सभा सदस्य उपेन्द्र महतो र प्रतिनिधि सभा सांसद प्रमोद साहको नेतृत्वमा मशाल जुलुस प्रदर्शन भएको छ ।
ईश्वरपुर १३ को बाँके खोलामा मापदण्ड विपरीत ढुङ्गा गिट्टी निकाल्ने क्रममा बनेको खाल्डोमा डुबी शनिबार लाले रायका अन्दाजी १२ वर्षीय छोरा अमित रायको मृत्यु भएको थियो ।
बालकोको शव झण्डै २० घण्टा पछी मात्र पानीबाट वाहिर निकाल्दा स्थानियवासी आक्रोशित बनेका थिए ।
स्थानिय सरकार र स्थानीय प्रहरीको गैर जिम्मेवारीपनले गर्दा पिडित परिवारले न्याय नपाए पछि स्थानीयहरु शवलाई लिएर शान्तिपूर्ण प्रदर्शन गरि रहदा प्रहरीले एकै चोटी गोली चलाई बल प्रयोग गर्दा ईश्वरपुर नगरपालिका १३ का अन्दाजी २५ वर्षीय सरोजनारायण महतो (देवन) को मृत्यु भएको थियो । त्यसमा आधा दर्जन भन्दा बढी जनता घाइते समेत भएका थिए ।
तपाईको प्रतिक्रिया