उखुको भुक्तानी माग गर्दै सर्लाहीका किसानद्वारा माइतीघरमा प्रदर्शन

समाचार

12/28/2019

काठमाडौं, १२ पुस । सर्लाहीको महालक्ष्मी सुगर मिल र अन्नपूर्ण मिलले भुक्तानी नदिएको भन्दै उखु किसानहरु न्यायका लागि काठमाडौं आइपुगेका छन् ।

पीडित उखु किसानहरुले शनिबार पनि माइतीघर मण्डलामा भुक्तानीको माग शान्तिपूर्ण आन्दोलन गर्दै छन् । सयौंको संख्यामा उखु किसानहरु सर्लाहीबाट काठमाडौं आएका हुन् ।

६ वर्षका लागि उखु उत्पादन र बिक्रीको लागि किसानले राकेश अग्रवालसँग सहमति गरेका थिए । तर पछिल्लो दुई वर्षदेखि कुनै पनि किसानलाई अग्रवालले पैसा नदिएको गुनासो गरेका छन् ।

राजपाका सहमहामन्त्री राकेश मिश्रको नेतृत्वमा सर्लाहीका किसानहरु आन्दोलनमा आएका छन् ।

किसानको भुक्तानी नै नबुझाइ मिल बन्द गर्ने तयारी थालेपछि किसान मर्कामा परेका हुन् । किसानलाई समस्या पर्दा पनि सरकारले पनि कुनै पहल नगरेको पीडित किसानहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ