उखु किसानद्वारा आभार प्रकट, सम्झौतामाथि निगरानीका लागि आग्रह

समाचार

1/5/2020

काठमाडौं, २० पुस । पीडित उखु किसानहरुको संघर्षमा प्रत्यक्ष/अप्रत्यक्ष साथ दिने सञ्चार जगत्, सामाजिक संघसंस्था, नागरिक समाज, राज्यका प्रतिनिधिलगायत सम्पूर्ण पक्षप्रति उखु किसान संघर्ष समिति सर्लाहीले आभार प्रकट गरेको छ ।

समितिका सचिव हरिश्याम रायले आइतबार एक वक्तव्य जारी गर्दै, ‘तपाइँहरुको सहयोग र सद्भावबाट मात्र हामी उखु किसानहरुको संघर्ष सम्भव भएको छ । तपाइँ सबैको सक्रिय सहयोग, सहभागिता र दबाबकै कारण सरकारले लिखित सहमति गरेको कुरामा दुईमत छैन ।’ भनेका छन् ।

सरकारले गरेको सम्झौताबमोजिम २०७६ माघ ७ गतेसम्म उखु किसानहरुले आआफ्नो हिसाबबमोजिमको नगद प्राप्त गर्ने विश्वास समितिले व्यक्त गरेको छ ।

साथै, सम्झौतामाथि निगरानी र लागू गर्न थप सहयोग गरिदिन सबै पक्षलाई समितिले आग्रहसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ