वीरगन्ज, १४ माघ । वीरगन्जमा लागू हुन गइरहेको उज्यालो वीरगन्ज योजनाबारे नगर प्रमुख विजय कुमार सरावगी र उर्जा मन्त्री वर्षमान पुनबीच छलफल भएको छ ।
नगर प्रमुख सरावगीको बिशेष पहलमा महानगरपालिकाको ३२ वटै वडामा एकै साथै लागू हुन गइरहेको उज्यालो वीरगन्जअन्तर्गत नेपाल विद्युत प्राधिकरणद्वारा गरिने कामलाई सघाउन नगर प्रमुख सरावगी र उर्जामन्त्रीबीच छलफल भएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिका भित्र नेपाल विद्युत प्राधीकरणको १५ हजार विद्युतको पोलमा पाँचौ तार जडान गरि ३०१ सब स्टेशनद्वारा समयअनुसार स्वचालित स्वीचिङ्ग सिस्टमलाई नेपाल विद्युत प्राधिकरणद्वारा छिटो छरितो लागू गराउने विषयमा छलफल भएको नगर प्रमुख बिजय कुमार सरावगीले बताएका छन् ।
तपाईको प्रतिक्रिया