इमरान खान, कपिलवस्तु, ३ माघ । विकासको प्रमुख आधार सहकारी रहेको आरती पौडेलले बताएकी छिन् । पाँच नम्बर प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारीमन्त्री पौडेलले कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका मोतिपुरस्थित साना किसान सहकारी संस्था लि. को २० औँ वार्षिक साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् ।
सहकारी सम्बद्ध व्यक्तिहरुको सहयोग र सहकार्य सरकारसँग पनि रहे कुनैपनि नागरिकले भोको रहनुपर्ने स्थिति नआउने उनको भनाई छ ।
मन्त्री पौडेलले साना किसान सहकारी किसानहरुसँग जोडिएको भन्दै किसानले मलखादको अभाव खेप्नुपरेको अवस्था वास्तविक रहेको स्विकार गरिन् मन्त्री पौडेलले प्रयाप्त मात्रामा मल सरकारसँग नभएका कारण समस्या आएको भन्दै संघीय सरकार समक्ष मलखाद आवश्यकताको स्थितिका बारेमा प्रदेश सरकारले माग गरिसकेको पनि दाबी गरिन् ।
यस्तै, उनले प्रदेश सरकारले ५० प्रतिशत अनुदानमा मूल विउ प्रदान गर्ने तयारी गरिरहेको पनि बताइन् । मन्त्री पौडेलले किसानले उत्पादन गरेका वस्तुको मूल्याङ्कन गरि प्रोत्साहन पनि प्रदान गरिने बताएकी छिन् ।
तपाईको प्रतिक्रिया