उत्पादनमूलक शिक्षा अहिलेको आवश्यकता : शिक्षामन्त्री

समाचार

11/19/2018

महोत्तरी, २ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उत्पादनमूलक शिक्षा अहिलेको आवश्यकता रहेको बताएका छन् ।

महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमाराको सुन्दरबस्तीमा निर्मल लामा बहुप्राविधिक शिक्षालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सो कुरा बताएका छन् ।

उनले शिक्षालाई उत्पादन र उत्पादनलाइ समृद्धिसँग जोडेमात्र मुलुकको विकासले गति लिने बताए । श्रमलाई सीप, सीपलाई शिक्षा र प्रविधिसँग जोडे मात्र मुलुकमा समृद्धि आउने मन्त्री पोखरेलको थप भनाइ थियो ।

सामुदायिक विद्यालयको अवस्था खस्किएकाले अब यसलाई उकास्न स्थानीय पहलकदमी बढ्नपर्ने पोखरेलको भनाइ छ । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना नगरे अब स्थानीय तह पनि कारवाहीको भागिदार हुने मन्त्री पोखरेलले स्थानीय प्रतिनिधिको ध्यानाकर्षण गराए ।

नयाँ सञ्चालनमा आएको बर्दिवास–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयले प्रदेश नं २ कै प्रतिनिधित्व गर्ने र दक्षजनशक्ति उत्पादन गर्ने कार्यक्रममा जानकारी दिइएको छ ।

यस शिक्षालयमा पाँच विषयमा पठनपाठनको व्यवस्था गरिएको शिक्षालयका प्रमुख दुःखीराम महराले जानकारी दिए । डिप्लोमा सिभिल इञ्जीनियर, सर्भे इञ्जीनियर, वन विज्ञान, होटेल म्यानेजमेण्ट, डिप्लोमा फुड एण्ड डेरी टेक्नोलोजी पठनपाठन हुने प्रमुख महराको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ