बुटवल, ७ पुस । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन प्रदेश नं. ५ सरकारले तयारी थालेको छ । प्रदेश सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० को प्रदेश स्तरीय शुभारम्भ कार्यक्रम प्रदेशको प्रमुख पर्यटकीय गन्तब्य बर्दियाको ठाकुरद्वारामा आयोजना गर्ने गरेको छ ।
प्रदेश सरकारले भ्रमण बर्षको शुभारम्भमा उद्घाटन कार्यक्रम प्रभावकारी र आकर्षक बनाउन तयारी थालेको छ । प्रदेश सरकारले नयाँ बर्ष सँगै भ्रमण वर्षको शुभारम्भको औपचारिक उद्घाटन गर्ने जनाएको छ । भ्रमण बर्षको शुभारम्भको औपचारिक उद्घाटन प्रदेश नं. ५ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भ्रमण बर्ष पर्यटन प्रवद्र्धन समितले तयारी थालेको हो ।
भ्रमण बर्षको अघिल्लो दिन नेपालगन्जमा भव्य कार्यक्रमको तय गरिएको नेपाल भ्रमण वर्ष सन् २०२० आयोजक समितिका सदस्य भाष्कर काफ्लेले जानकारी दिएका छन् । ‘डिसेम्बर लाष्टमा नेपालगन्ज र जनवरी १ मा ठाकुरद्वारामा भ्रमण बर्षको कार्यक्रम आयोजना गर्ने निर्णय गरेका हौं’, उनले भने ।
भ्रमण बर्ष उद्घाटनका दिन जनवरी १ तारिखका दिन विहान बाँकेको गावर भ्याली क्षेत्रमा जंगल सफारीको समेत उद्घाटन गर्ने निर्णय समितिले गरेको छ ।
तपाईको प्रतिक्रिया