पर्यटक बढाउने उद्देश्यले महोत्सवको आयोजना

समाचार

1/7/2020

कैलाली, २२ पुस । कैलालीको घोडाघोडी नगरपालिकामा माघ २ देखि १२ गते सम्म सांगीतिक तथा पर्यटन महोत्सव आयोजना गरिएको छ ।

घोडाघोडी नगरपालिका १ सुखडमा हुने महोत्सवको माध्यमबाट घोडाघोडी तालको प्रचारप्रसार गरी पर्यटक बढाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।

‘विश्व रामसार क्षेत्रमा रहेको घोडाघोडी तालको प्रचारप्रसार गर्ने र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न पर्यटन महोत्सवको आयोजना गरिएको हो महोत्सव मूल आयोजक समितिका संयोजक हरेन्द्र चौधरीले बताए ।

घोडाघोडी नगरपालिका भित्रका पर्यटकीय क्षेत्र घोडाघोडी ताल, चिडिया ताल, नकरोड बुढिया ताल, माघी होमस्टेको महोत्सवको माध्यम बाट प्रचारप्रसार गर्ने आयोजकको भनाइ छ । महोत्सवले घोडाघोडी क्षेत्रको मात्र नभई समग्र कैलाली जिल्लाको पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने प्रचारप्रसार समितिका संयोजक प्रकाश मिश्रले बताए ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ