वीरगन्ज, २४ पुस । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीको सक्रियतामा संचालन गरिएको मोतियाबिन्दु मुक्त समाज अभियानमा क्वेष्ट औषधी उद्योगद्धारा आर्थिक सहयोग प्रदान गरिएको छ ।
मानव सेवा नै ठुलो धर्म हो भन्ने सोचका साथ क्वेष्ट औषधी उद्योगका सचांलक पृथ्वी राजभण्डारीले निःशुल्क मोतीयाबिन्दु कार्यक्रमलाई १ लाख २० हजार सहयोग प्रदान गरे ।
निःशुल्क मोतीयाविन्दु उपचार कार्यक्रममा क्वेष्ट औषधी उद्योगद्धारा प्रदान गरिएको आर्थिक सहयोगको चेक बुझ्दै उद्योगका संचालक पृथ्वीराज भण्डारीलाई नगर प्रमुख सरावगीले धन्यवाद व्यक्त गरे ।
साथै नगर प्रमुख सरावगीले मंगलबार किरण अँखा अस्पतालमा शल्यक्रिया गरेका एक वृद्ध आमाबुवाहरुलाई बुधबार बिहान अँखामा लगाउने औषधी, चश्मा दिएर किरण आँखा अस्पतालबाट बिदाइ गरे साथै यो अभियानमा सहयोग गर्ने शुभ श्री जगदम्बा सिमेन्ट मिल्स प्रा.लि, जगदम्बा एस.एस पाइप प्रा लि, सर्वोतम प्रा.लि का श्री राजेश अग्रवाललाई पनि नगर प्रमुख सरावगीले धन्यवाद दिए ।
तपाईको प्रतिक्रिया