उद्योगमन्त्री यादवद्वारा जुत्ताचपल व्यापार मेला अवलोकन

समाचार

1/26/2020

वीरगंज, १३ माघ । प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश यादवले वीरगंजमा लागेको प्रदेशस्तरीय जुत्ता चपल व्यापार मेलाको अवलोकन गरेका छन् ।

माघ ९ देखि फागुन ९ गतेसम्म चल्ने मेलाको आइतबार अवलोकन गर्दै मन्त्री यादवले स्वदेशी उद्योगीहरुले संचालन गरेको जुताचपल मेला धेरै सराहनीय भएको बताए ।

उनले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ वीरगन्जमा संचालगन गरिएको मेला यसै वर्ष जनकपुरमा लगाउन आयोजकलाई अनुरोध गरे ।

मन्त्री यादवले स्वदेशी उत्पादनलाई पर्वद्धन गर्नको लागी प्रदेश सरकार कटिबद्ध रहेको बताउदै जनपुरमा यस्तो मेलाको आयोजनाको लागी आफुहरुबाट हुनसक्ने सबै सहयोग प्रदान गर्ने आश्वासन व्यक्त गरे ।

वीरगन्जमा चलेको मेला अवलोकन पछि उत्साहित भएका उधोगमन्त्री यादवले आत्मनिर्भर उधोगको रुपमा नेपालमा स्थापित हुदै गएको जुता चपल उधोगका उत्पादनहरुको मेला प्रदेश नम्बर २को हरेक जिल्लाका सदरमुकाममा लगाउनु पर्नेध धारणा समेत व्यक्त गरेको नेपाली जुताघरका अध्यक्ष होमनाथ उपाध्ययले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ