उद्योग वाणिज्य संघ कृष्णानगरको साधारणसभा जेठ २५ मा

समाचार

5/29/2019

कपिलवस्तु, १५ जेठ । उद्योग वाणिज्य संघ कृष्णानगरले प्रेस विज्ञप्ति मार्फत उद्योग वाणिज्य संघ कृष्णानगरको साधारणसभा यही जेठ २५ गते शनिवार (८ जून २०१९) मा हुने भएको छ ।

सदस्यता नवीकरण गराएका व्यवसायी र उद्यमीहरूले आआफ्नो २ प्रति फोटो परिचयपत्रका लागि उद्योग वाणिज्य संघ कृष्णानगरको कार्यालयमा जम्मा गरी आआफ्नो परिचयपत्र लिन सक्नेछन् र जसको सदस्यता नवीकरण भएको छैन ।

उनीहरुले यही जेठ २१ र २२ गतेभित्र नवीकरण गराउन भनिएको छ । साथै २०७६ अषाढ १४ गते शनिबार (२९ जून २०१९) का दिन पदाधिकारीहरुको निर्वाचन हुने कुरा जानकारी गराइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ