उद्योग व्यवसायको समस्या समाधान गर्न सहकार्य

समाचार

1/27/2020

काठमाडौं, १३ माघ । नेपाल उद्योग वाणिज्य महासंघ र एसोचेमबीच संयुक्त सहकार्य गर्न सहमति भएको छ । सहमतिपत्रमा महासंघका महानिर्देशक धरणीधर खतीवडा र एसोचेमका महासचिव दिपक सुदले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार नेपाल र भारतबीच उद्योग व्यवसाय, संयुक्त लगानी, प्रविधि आदानप्रदान र व्यावहारिक समस्या समाधानमा सहकार्य हुनेछ ।

दुवै संस्थाबाट लामो समयदेखि हुँदै आएको संस्थागत सहकार्यलाई यो सहमतिले थप मजवुद बनाउने विश्वास गरिएको छ ।

आर्थिक व्यावसायिक, नीतिगत विषय, लगानीका सम्भाव्य क्षेत्रसम्बन्धी सूचनाको आदानप्रदान गर्ने, व्यावसायिक भेटघाट, बैठक छलफल तालिमको आयोजना तथा प्रतिनिधिमण्डलको आदानप्रदान हुनेछ ।

तेस्रो मुलुकमा समेत दुवै संस्थाको सहकार्यमा कार्यक्रमको आयोजना, उत्पादन तथा सेवाको गुणस्तर सुधार, मेला महोत्सवको आयोजनामा जोड दिइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ