पर्यटकको उपचार निःशुल्क

समाचार

1/2/2020

वीरगन्ज, १७ पुस । वीरगन्जमा रहेको वीरगन्ज हेल्थ केयर हस्पिटलले नेपाल भ्रमण वर्ष २०२० मा नेपाल घुम्न आउने पर्यटक बिरामी परे निःशुल्क औषधोपचार गरिदिने घोषणा गरेको छ ।

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा मंगलबार अस्पतालमै पत्रकार सम्मेलन गरेर अस्पतालले भ्रमण वर्षमा नेपाल घुम्न आउने पर्यटक कुनै कारणले बिरामी परे उनीहरुको निःशुल्क औषधोपचार गरिदिने जानकारी गराएको हो ।

अस्पतालका अध्यक्ष डाक्टर अबुल हैस अन्सारीले नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर घोषणा गरेको भ्रमण वर्षलाई प्रदेश २ मा पनि सफल पार्न अस्पतालले पर्यटकको निःशुल्क औषधोपचार गरिदिने योजना ल्याएको जानकारी गराए ।

भ्रमण वर्ष २०२० भरि पर्यटक भिसामा नेपाल घुम्न आउने विदेशी पर्यटकको आकस्मिक उपचार खर्च सबै निःशुल्क गरिने जानकारी डाक्टर अन्सारीले दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ