काठमाडौं, २ जेठ । नेपाल आईस आन फुटसको उपाधि भोग एड एण्ड इभेन्ट प्रा.लिले जितेको छ । सानेपाको फिल्ड फुटसल ग्राउण्डमा बुधबार भएको फाइनलमा मिडिया वास्केटलाई ४–१ गोल अन्तरले पराजित गर्दै भोगले उपाधि उचालेको हो ।
भोगलाई जिताउन रोनिश श्रेष्ठले ह्याट्रिक गर्दा मन्जील महर्जनले एक गोल थपे । यसैगरी मिडिया बास्केटका तर्फबाट उर्गेन शेर्पाले एक गोल फर्काएका थिए । तेस्रो स्थान भने बराह ज्वेलर्सले हात पारेको छ ।
फाइनल प्रवेशका लागि मिडिया वास्केट र बराज ज्वेलर्स भिड्दा पराजित भएको बराह तेस्रो भएको हो । मिडिया बास्केटले ६–४ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगिताको विजेता भोगले नगद १ लाख सहित रनिङ शिल्ड हात पारेको छ । यसैगरी उप विजेता भएको मिडिया बास्केटले ७५ हजार रुपैयाँमा चित्त बुझायो । तेस्रो भएको बराह ज्वेलर्सले ५० हजार पायो ।
तपाईको प्रतिक्रिया