उपनिर्वाचनका लागि ३७ जना निर्वाचन अधिकृत नियुक्त

समाचार

10/21/2019

काठमाडौं, ४ कार्तिक । मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदहरूमध्ये प्रतिनिधि सभा सदस्य–१, प्रदेश सभा सदस्य–३ र स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।

उक्त उपनिर्वाचन कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्नका लागि मिति २०७६/०७/१३ गतेबाट लागू हुने गरी आयोगको मिति २०७६/०७/०३ गतेको निर्णयबाट न्याय परिषद्को परामर्शमा ३७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ