उपप्रधान मन्त्री यादवलाई ज्ञापनपत्र

समाचार

12/23/2018

रौतहट, ७ पुस । विभिन्न किसिमका माग राख्दै आन्दोलनमा रहेका रौतहटको माधव नारायण नगरपालिकामा कार्यरत स्थानीय निकायका कर्मचारीहरुले शुक्रबार संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष तथा नेपाल सरकारका उपप्रधान तथा स्वास्थ्य मंत्री उपेन्द्र यादवलाइ ज्ञापनपत्र बुझाएका छन् ।

माधव नारायण नगरपालिका आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पुगेका मंत्री यादवलाई आन्दोलनमा रहेका कर्मचारीहरुले ज्ञापनपत्र बुझाएका हुन ।

कृष्णनंदन यादव, रविन्द्र मण्डल, रामबाबु साह लगायतका कर्मचारीहरुले सामूहिक रुपमा ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा नेपाल सरकार बाट जारी गरिएको कर्मचारी समायोजन अध्यादेशमा पेशागत स्थायित्व र कर्मचारी समायोजनको लागि सबै सेवाबीच समान व्यवहार नभएको उल्लेख गरिएको छ ।

समतामूलक व्यवहारको लागि स्थानीय तहमा क्रियाशील संघ, संगठन, यूनियन, एशोसिएशनहरुले संयुक्त रुपमा उठाएका मागको सम्बोधन हुनुपर्ने माग ज्ञापन पत्र मार्फत गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ