उपप्रमुख सिंहद्वारा दराज तोरेर रजिष्टर कब्जा

समाचार

7/2/2019

रौतहट, १७ असार । राजदेवी नगरपालिकाका उपप्रमुख अंशु सिंहले कार्यालयमा तोडफोड गरेकी छन् ।

तेस्रो नगर सभाको पहिलो बैठक सम्पन्न भएको केही समयपछि आफ्ना समर्थकहरु लिएर कार्यालयमा प्रवेश गरेकी उपप्रमुख सिंहले निमित्त प्रमुख प्रसाशकीय अधिकृत संजय पांडेयको कार्यकक्षमा रहेको दराज तोडेर दराज भित्र रहेको गत वर्षको निर्णय पुस्तिका कब्जामा लिएकी हुन् ।

आक्रोशित मुद्रामा रहेकी उपमेयर सिंहले बलपूर्वक दराज तोडेर नगर सभाको रजिस्टर लागेको निमित प्रमुख प्रसाशकीय अधिकृत पांडेयले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ